Nepali Times Asian Paints

Back to Main Page

नकचरा नेताहरु

Sunday, September 5th, 2010
..................................................................................................................

हाम्रा नेताहरुमा अरुले के भन्ला भनेर अलिकति पनि लाज भएको भए नेपाल कहाँ पुगिसक्थ्यो। तर शासकहरू लोभी परे।

छैटौं संसदीय निर्वाचन पनि सकियो। फेरि निष्कर्ष विहीन। देशभरि देखिएको निराशा अब हाँसोमा परिणत हुन थालेको छ। नेताहरुले आफ्नै व्यङ्ग्य गरिरहेका छन्।

कुनै पनि देश अगाडि बढ्नका लागि, मुलुकले फड्को मार्न, जनतामा लगनशीलता चाहिन्छ,  इमान्दारीको खाँचो पर्छ। तर देश विकासका लागि एउटा अर्का कुरो पनि नभइनहुने रहेछ। नेताहरुमा लाज मान्ने शक्ति हुनु पर्दोरहेछ। अरुले के भन्लान्, विदेशीहरू माझ हाम्रो बेइज्जत भएको छ कि, भनेर वास्ता नै नभएका नकचरा राजनीतिज्ञ भयो भने देश अगाडि बढ्दो रहेनछ।

जापानले दोस्रो विश्वयुद्धपछि यत्रो ठूलो विकास कसरी गर्‍यो? उनीहरु अरु देशका नागरिकले के भन्लान् भनेर ठूलो ख्याल राख्छन्। हामीलाई “फोहोरी, अल्छी, गरीब” भन्छन् कि भनेर जापानीहरु बडो चिन्तित हुन्छन्। र, जापानले आफ्नो संस्कृति र राष्ट्र पहिचानलाई शिक्षा प्रणालीमा नै राखेर राष्ट्रिय लक्ष्यको रुपमा हरेक नागरिकलाई यी कुरा पढाएका हुन्छन्। कोरिया र चीनमा पनि यस्तै खालको राष्ट्र स्वभाव र संस्कृतिको विकास भइसकेको छ।

हामीकहाँ ठीक उल्टो छ। हामीलाई अरुले के भन्लान् भनेर चिन्ता नै छैन। हेर्नुस् त, अहिले राजधानीमा फोहोर थुप्रेको, र त्यत्तिकै फोहोरी राजनीतिको उदाहरण। अरुले के भन्लान् भनेर हामीलाई वास्ता नै छैन। प्रधानमन्त्री चुन्न नसकेकोमा देश विकास ठप्प छ, बजेट छैन, र संसारभरी हाम्रो बेइज्जत भएको हामीलाई न थाहा छ, न त मतलब।

तर, अरुले हेप्यो, भारतीयहरुले हस्तक्षेप गरे भनेर चिच्याउँछौं। हाम्रो खोक्रो राष्ट्रियतामा आड लिन्छौं। फिटिक्क केही भयो भने, भारतीय दूतवासले एउटा वक्तव्य निकाल्यो भने हामीमा ‘ठुल्दाइले कुट्यो’ भनेर रुने बानी छ। अब पिन्चे भएर बस्ने होइन, खुरुखुरु देश निर्माणतिर लाग्ने। धेरै समय भाषण, नारा, गफ गरेर खेर गैसक्यो। साँच्चिकै राष्ट्रवादी हौ भने हामी स्वाभिमानी हुनुपर्छ, आत्मनिर्भर हुनपर्छ, अरुको मुख ताकेर बस्नु हुँदैन। हामी आफैं एक ढिक्का भएर देशको भविष्य आफ्नै हातमा लिने क्षमता देखाऊँ, अनि अरुले हेप्न सक्दैनन्। र, हाम्रो आन्तरिक मामलामा हस्तक्षेप गर्ने आँट गर्दैनन्।

“नेपाल एक सानो र गरीब मुलुक हो” भन्न हामीलाई बानी परिसक्यो किनभने हामीलाई सानैदेखि सिकाइएकै त्यही छ। तर नेपाल सानो देश हैन। ३ करोड जनसंख्या भएको संसारको ४० औं सबैभन्दा ठूलो मुलुक हो। नेपालीहरु गरीब भए पनि नेपाल गरीब देश हैन, खाली हाम्रो दिमाग र मन दरिद्र हो। हाम्रो राजनीतिमा एकताको खाँचो छ, देशको हितभन्दा हामी आफ्नो निजी अथवा दलगत हितलाई प्राथमिकता दिन्छौं। ४० लाख नेपालीहरु देशभित्र काम नपाएर विदेशिएका छन्। तीमध्ये आधा भारतमा काम गर्छन्। तर त्यही भारतलाई हामी चिडाएर बस्छौं। आफू काम दिन नसक्ने अनि अरुले हेप्यो र टेरपुच्छर लाएन भन्न मिल्छ? “म नेपाली हुँ” भनेर गर्व गर्न भारत विरोधी, चीन विरोधी, अथवा अमेरिका विरोधी हुनु पर्दैन। नेपाल र नेपालीको समर्थक भए पुग्छ।

अहिले संसदमा भएको निर्वाचन पनि एक किसिमले हेर्ने हो भने संसदको संख्याको नियम अनुसार नै चलेको छ। कमसेकम दलहरुले आफू आफूलाई मारकाट त गरेका छैनन्। हो निकास चाहिएको छ। नेताहरु कुर्सी तानातानमा व्यस्त छन् र देशको वास्ता गर्दैनन्। तर कमसेकम प्रक्रियाअनुसार, अन्तरिम संविधानका प्रावधान बमोजिम भएका छन् चुनावहरू। यसमा संसदीय प्रणालीलाई दोष दिनुभन्दा, हाम्रा नेताहरुमा दीर्घकालीन र राष्ट्रिय हितको सोच कहिले आउला भनेर सोध्नु उचित होला।
संसारको कुन नेताले शक्ति पूजा गर्दैन र! राजनीति भनेकै शक्तिको खेल हो। हेर्नुस् न अहिले अष्टे्लियामा ३ हप्ता भइसक्यो चुनाव भएको,  नयाँ गठबन्धन सरकार गठन हुन सकेको छैन। नेदरल्याण्डमा त तीन महिना बितिसक्यो सरकार बनाउन सकेका छैनन्।

नेपालमा फरक यति हो कि,  यहाँ सरकार नबन्दा सबै कुरा ठप्प हुन्छ। बजेट पास हुँदैन, विकास रोकिन्छ, अर्थतन्त्र धरासायी हुन्छ, लगानी कर्ता भाग्छन्। हाम्रो जस्तो वैदेशिक

रोजगारमा निर्भर देशमा सरकारले पासपोर्ट बनाउन नसकेर हाहाकार छ। अष्टे्लिया र नेदरल्याण्डमा आर्थिक स्थिरता कायम छ, राजनीतिक अन्यौल भएपनि।

हामीकहाँ पनि, झगडियाहरुलाई झगडा गर्न दिऊँ। तर विकासलाई विनास हुन नदिऊँ र सबैले आफ्नो आफ्नो क्षेत्रबाट राष्ट्रलाई बलियो बनाउने कोसिस गरौं।

Go back to previous page          Bookmark and Share         



5 Responses to “नकचरा नेताहरु”

  1. mamaghar on Says:

    दीक्षित ज्यू : मालिक भारतले दलालहरुको हात बाँधी दिएको छ अनि कसरी भोट हाल्न सकोस त ? अस्ति मालिक आउंदा “International” को नाममा myrepublica.com मा मालिकलाइ गुनासो पोखेको थियो नि हजूर कै दाजू हजूरले ! हो त्यसैले पनि काम गरि राखेको छ !अब दलालहरुको हात खोल्न चिनिया नोटले मात्र सक्छ जस्तो खै !


  2. K. K. Sharma on Says:

    If the leaders were not such, Nepali intellectuals would not have hailed, and promoted them to power. Just read the earlier articles, and press statements of our intellectuals. You will know which intellectuals had promoted which corrupt leaders.


  3. DanielGajaraj on Says:

    Our leaders knowthat,”Honour buys no beef in the market.”
    But the saying goes,” So long as there is Shame,there is hope for virtue. ”
    Present day leaders have no conscience.

    “He that has no shame has no conscience.”

    Are we a nation of shame-less … … …?
    Yes and no. Our lame duck Prime Minister dares to go to attend UN General Assembly Session with a jumbo delegation. What for?. what will be the achievement? In an unstable situation like ours , our Permanent Representative in the UN can attend this annual ritual or not? Mahatma Gandhi said,” We can always fulfill ou needs but not our greed.”
    Most of our leaders have been using captured vehicle from the para-statal corporatiobns., Nepal Bidyut Pradhikaran, Dursanchar, etcs They take even fuel from them and have no shame to ride these unauthorised vehicle amid public uproar and protest. Not only our public ,but even doners repeated protests. You can start from Surya Bahadur Thapa or Sher Bahadur Deupa or name any body of any party and you will find most of them commiting such crimes. Males taking sutkeri bhatta,submitting medical claimswith forged bills howing purchase of antibiotic drugs worth thousands of rupees that willcause immediate death have been found.
    The greatest source of UCPN (Maoist)party’s income is from illegal claims based on absentee PLAs(c.50000 and the levy on the maintenance allowance of the PLas. The police officers use stolen vehicles captured by the customs. The vehicles used by the Maoists leaders are mostly stolen from India.Even retired army and police hakims enjoy the previledge of 6 to 8 servants in doing their household chores by getting deputed sipai. Is this possible in any civilised world? They are like kamaiyas or not?

    Where is the place of Nepalese pride in such situation.? They used to say k jokingly in the past,”Aharecha biharecha tekta lajja sukhi bhabet.” ( in food and in recreation if one has no scruples ,one can live in prosperity.”) Is this the motto of our political leaders? Is this our political culture?
    With this type of leadership, one friend said in disgust recently ;”what this country needs is c a n c e r.”


  4. Sunil Pokhrel on Says:

    तपाईँले नेपाली राजनितीलाई पेवा वनाएर अग्रगमनलाई बन्धक बनाउदै जनतालाई अकल्पनिय कष्ट र अनिश्चित भबिष्य तर्फ लगिरहेका तर अकुत राजनितीकआम्दानी ( रुपैँयामा) गरिरहेको नेता भनिने ( तर यथार्तमा नेतामा हुनु पर्ने भनिएका निश्चित गुण केही नभएका) व्यक्तिहरुका बारेमा गरेको टिप्पणी यथार्थपरक लाग्यो । तर तपाईँले देश यो अवस्थामा आईपुग्न अन्य धेरैको योगदान रहेको कुरालाई कुन्दले जानीजानी, ठाँउ नपुगेर वा अन्जानमा छुटाउनु भएको जस्तो लाग्यो। म यस सानो लेखमा तिनै केहि सन्दर्भहरु जोड्न चाहान्छु।
    राजनिती धुमिल हुदाँ र देश अनिश्चयको भुमरीमा पर्दा राष्ट्रका अन्य अंगहरु बिग्रिनु पर्ने कारण के हो? के राजनिती खराब ब्यक्तीहरुले हावि हुदाँ अदालतको न्यधिसले धुस खानै पर्छ? पत्रकारले व्यक्तिगत नाफा र नोक्सानलाई प्रथामिकतामा राखेर समाचार लेख्नै पर्छ। अथवा एउटा सुशिक्षत अनुसन्धानकर्ताले चुपचाप बस्नै पर्छ?
    आजको नेपालमा राजनितीमात्र बिग्रेको होईन। जुन देशमा विश्वविधालयका प्रोफेसरहरु केही देशमा केही नभएझै चुपचाप लाग्छन्, बरिष्ठ भनिने पत्रकारहरु केही दुतावासका गोटी हुन्छन्, न्याधिसहरु धुस खान्छन्, शिक्षित कलम चल्नेहरुले आफूलाई आन्तराष्ट्रिय गैससका नगरबधु बनाएका छन् , त्यँहा राजनितीलाई मात्र गाली गर्नु परिस्थितिलाई अर्धसत्यको रुपमा प्रश्तुत गर्नु मात्र हो। यदि पेशाकर्मीहरुले कु-राजनिती नगर्ने हो र सबैले सत्य उठान गर्ने हो भने नेता भनिनेहरुले त्यति बिगार्न सक्दैनन् जति बिगार्न उनिहरु चाहन्छन्।
    जस्ले केही लेख्दै छ र लेखेर समाजलाई परिवर्तन गर्छु भनेर लागेको छ, त्यसले केही बिषयलाई मात्रै उठान गरेर बाँकीलाई बेलगाम छोड्नु गल्ती होईन, अपराध हो।


  5. sameer on Says:

    I like what Sunil Pokhrel wrote. I am disappointed in Kunda Dixit’s this writing. This is precisely how some of our so-called journalists and intellectuals act to self promote their interest and protect “whoever they are trying to protect”. Comparing this mess to Netherlands is so ridiculous and is clearly presented to protect Mr. Sood and his activities in Nepal. How sad KundaJi that you also found this process to be clean just like your brother Kanak. Le’s just go and have a party at Sood’s palace. Totally disappointed… in your twist of writing.


Leave a Reply

 

himalkhabar.com            

NEPALI TIMES IS A PUBLICATION OF HIMALMEDIA PRIVATE LIMITED | ABOUT US | ADVERTISE | SUBSCRIPTION | PRIVACY POLICY | TERMS OF USE | CONTACT